चुनावमा सेना, सरकार र आयोगको भूमिकामागि माधव नेपालको प्रश्न

काठमाण्डु टुडे २०८३ जेठ १६ गते १६:०३ मा प्रकाशित

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सह–संयोजक माधवकुमार नेपालले गत २१ फागुनमा सम्पन्न निर्वाचन परिणामबारे प्रश्न उठाएका छन् ।

तत्कालनीन माओवादी केन्द्र र एकीकृत समाजवादी सम्वद्ध महिला संगठनको एकीकरण घोषणा कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै नेपालले समयसँगै निर्वाचनमा के भएको थियो भन्ने खुल्दै जाने बताए ।
पछिल्ला राजनीतिक घटनाक्रम र निर्वाचन परिणाममाथि विभिन्न प्रश्न उठिरहेको र त्यसका कारणबारे खोजी भइरहेको उनको भनाइ थियो ।

सुशीला कार्की नेतृत्वको चुनावी सरकार, सेना, निर्वाचन आयोग र मतपत्र व्यवस्थापनको भूमिकाबारे तथ्य बाहिर आउने जिकिर उनको छ ।

बेला बखतमा पोल खोल्दिन्छु भन्ने कुरा पनि सुन्ने गरिएको भन्दै नेपालले भने, ‘सेनाको भूमिका कस्तो रह्यो ? सरकारको भूमिका कस्तो रह्यो ? निर्वाचन आयोगको भूमिका कस्तो रह्यो ? मतपत्रको अवस्था कस्तो रह्यो ?

फरक प्रसंगमा नेपालले कार्यकर्तालाई रक्षात्मक बन्न जरुरी नरहेको भन्दै उच्च मनोबलका साथ जनसेवामा लाग्न आग्रह गरे । निर्माको समयमा महिला र दलितको प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरूले महत्वपूर्ण भूमिका खेलेको दाबी उनको छ ।

नेपालले २०४७ सालमा संविधान निर्माण भइरहेका बेला नै महिला र दलितको विशेष उपस्थितिलाई अनिवार्य बनाइएको स्मरण गराउँदै संविधानसभामार्फत संविधान निर्माणको क्रममा त्यसलाई थप संस्थागत गरिएको बताए ।

प्रमुख पदमा पुरुष भए अर्को पदमा महिला हुनुपर्ने व्यवस्था गरिएको उल्लेख गर्दै राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा, प्रतिनिधि सभा, सभामुख र उपसभामुखलगायतका पदमा महिलाको उपस्थिति अनिवार्य आफूहरुकै अडानका कारण सम्भव भएको दाबी गरे ।

संविधान निर्माण र समावेशी प्रतिनिधित्वको सवालमा सत्तारुढ रास्वपाको कुनै भूमिका नरहेको बताए ।

‘अहिले जितेका पार्टीका मान्छेलाई सोध्नुस् त, उनीहरूलाई थाहा छ ? उनीहरूले कुनै भूमिका खेलेका छन् त्यो बेला भूमिका खेल्ने को हुन् ?’, नेपालले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us