प्रचण्ड अस्पताल भर्ना

काठमाण्डु टुडे २०८३ जेठ १६ गते ११:५५ मा प्रकाशित

काठमाण्डु–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् ।

निमोनिया संक्रमण भएपछि प्रचण्डलाई शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
तीन दिनयता उनलाई रुघाखोकी र ज्वरो आएको थियो ।

‘रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण उहाँलाई चिकित्सकहरुले अस्पताल भर्ना गरेर उपचार गरिरहेका छन्’, आचार्यले भने ।

प्रचण्डको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको पनि आचार्यले बताए ।
अस्वस्थताका कारण प्रचण्ड शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा संघीय संसद बैठकमा सहभागी भएका थिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us