११ तहको भन्सार दर ७ तहमा सीमित

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १६:५१ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको घोषणा गरेका छन । आज (शुक्रबार) आगामी आर्थिक वर्ष ०८३–०८४ को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री वाग्लेले यसबारे जानकारी गराएका हुन । उनले करको सीमामा व्यापक हेरफेर गरिएको जनाएका हुन् ।

उनले कर पारिपालनमा दण्ड नभएर विकासको साझेदार बनाउने नीति सरकारले लिएको बताए । उनले विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको घोषणासमेत गरेका छन् ।

मुलुक अहिले बृहत् आर्थिक सुधारको निर्णायक मोडमा रहेको उनले उल्लेख गरे । उनले विद्यमान विभिन्न चुनौतीलाई अवसरमा बदल्ने नै यो बजेटको उद्देश्य रहेको समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us