काठमाण्डू, १५ जेठ– सरकारले आयकरको न्यूनतम सीमा बढाएको छ । हालसम्म आयकरको न्यूनतम सीमा ५ लाख रुपैयाँ रहेकोमा सरकारले अब १० लाख पुर्याएको हो ।
आज (शुक्रबार) आगामी आर्थिक वर्ष ०८३–८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले न्यूनतम आयकरको सीमा १० लाख कायम गरिएको जानकारी गराए ।
अब १० लाख रुपैयाँसम्म वार्षिक आम्दानी हुनेले १ प्रतिशत मात्रै कर तिरे पुग्ने भएको छ ।