बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बोलाइयो

काठमाण्डु टुडे २०८३ जेठ १५ गते १२:३२ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– सरकारले आज आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न आज दिउँसो २ः३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत गर्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेश गर्ने कार्यक्रम रहेको छ ।

जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us