आगामी आर्थिक वर्षको बजेट आज संसद्मा प्रस्तुत हुँदै, मध्यमवर्ग केन्द्रित हुने

काठमाण्डु टुडे २०८३ जेठ १५ गते ७:१८ मा प्रकाशित

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नेछन् ।

संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ ।
बजेट प्रस्तुत गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहने प्रचलन छ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो । सो नीति तथा कार्यक्रम यही वैशाख २८ गते सङ्घीय संसद्मा प्रस्तुत गरिएको थियो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार यस वर्ष तोकिएको आकारभन्दा ठूलो बजेट आउने अनुमान गरिएको छ । बजेटलाई मध्यमवर्गलाई केन्द्रमा राखेर तयार पारिएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us