रविन्द्रले रचे इतिहासः ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश

काठमाण्डु टुडे २०८३ जेठ १४ गते १८:०२ मा प्रकाशित

काठमाण्डू, १४ जेठ– नेपाली एमएमएका उदीयमान स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन ।

चीनको मकाउमा जारी क्वाटरफाइनल भिडन्तमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै उनले सेमिफाइनलमा स्थान बनाएका हुन ।

‘बझाङको बाघ’ उपनामले चिनिने ढाँटले किम्बर्टलाई दोस्रो राउण्डमै हराए । रोड टु यूएफसी जित्ने उनी पहिलो नेपाली समेत हुन् ।

यो प्रतियोगिता एसिया–प्रशान्त क्षेत्रका उत्कृष्ट फाइटरहरूलाई यूएफसीसम्म पुग्ने अवसर दिने महत्वपूर्ण प्लेटफर्म मानिन्छ ।

रविन्द्र ‘रोड टु यूएफसी’ मा स्थान बनाउने पहिलो नेपाली खेलाडी हुन् । हालसम्म घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले नेपाली एमएमएलाई नयाँ उचाइमा पुर्‍याउने आशा जगाएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us