काठमाण्डू, १४ जेठ– श्रम संस्कृति पार्टीले २०८४ मा हुने स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा धनबहादुर राईलाई उठाउने घोषणा गरेको छ ।
बिहीबार श्रम संस्कृतिले राईलाई मेयरमा अघि सार्ने घोषणा गरोके हो । राई धरान उपमहानरपालिका–४ का पूर्ववडाध्यक्ष समेत हुन । उनी ०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
उनले सुरुदेखि नै स्वतन्त्रबाट मेयरमा निर्वाचित हर्कराज राई (साम्पाङ)लाई सघाउँदै आएका थिए । उनी धरानमा साम्पाङलाई साथ दिने एक्ला वडाध्यक्ष मानिन्थे ।