आज र भोलि सर्वोच्च अदालत आंशिक रुपमा खुला

काठमाण्डु टुडे २०८३ जेठ १४ गते १०:१९ मा प्रकाशित

काठमाण्डू, १४ जेठ– आज र भोलिको सार्वजनिक बिदामा पनि सर्वोच्च अदालत आंशिक रुपमा खुला हुने भएको छ । सर्वोच्च अदालतले लगातार चार दिन सार्वजनिक बिदा भएको औल्याउँदै विहीबार र शुक्रबारका लागि बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्न अदालत आंशिक रुपमा खुला हुने जनाएको छ ।

सर्वोच्च अदालत प्रशासनका अनुसार, विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनुवाइका लागि अदालत खुला रहेनछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us