काठमाण्डू, १३ जेठ– राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ गते भएको जेन–जी आन्दोलनलाई हिंसात्मक बनाउन पेट्रोल बमसहितको टोलीले योजना बनाएको पुष्टि भएको बताएको छ ।
जेन–जी आन्दोलनसम्बन्धी आयोगले तयार पारेको प्रतिवेदनमा भदौ २३ को प्रदर्शनलाई हिंसात्मक बनाउन योजनाबद्ध तयारी रहेको पुष्टि हुने उल्लेख गरिएको हो ।
एक समूहले शान्तिपूर्ण प्रदर्शनको तयारी गरिरहँदा अर्को समूह विध्वंस मच्च्याउन उद्यत रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रदर्शन हिंसात्मक हुन सक्छ भन्ने धेरै सुराक पाइसक्दा पनि सरकार र सुरक्षा निकायको पूर्वतयारी कमजोर रहेको देखिएको पनि आयोगले जनाएको छ ।