दुर्गा प्रसाईंमाथि सूक्ष्म छानबिन गर्न सिफारिस

काठमाण्डु टुडे २०८३ जेठ १३ गते १७:५३ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– राष्ट्रिय मानवअधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि पनि ‘दुरुत्साहन’मा सूक्ष्म छानबिन गर्न सिफारिस गरेको छ ।

प्रसाईंले जेनजी अभियन्तासँगै सामाजिक सञ्जालमार्फत भड्काउ अभिव्यक्ति दिएको आयोगको निष्कर्ष निकाल्दै छानबिन गर्न भनेको हो । आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा संलग्नता रहे–नरहेको विषयमा सूक्ष्म अनुसन्धान गर्न आयोगले भनेको हो ।

‘अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव नपरेको सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भएरनभएको वा सोको दुरुत्साहन भएरनभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी,’ प्रसाईं लगायतको हकमा आयोग सिफारिसमा भनिएको छ, ‘सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसूचित गराई उल्लिखित व्यक्तिहरूको स्वच्छ सुनुवाइको हक अधिकारको सुनिश्चितसहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्नु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us