काठमाण्डू, १३ जेठ– राष्ट्रिय मानवअधिकार आयोगले संसद भवन जलाउने भूमिकामा टीओबी ग्रुप रहेको विश्लेषण गरेको छ । आयोगको प्रतिवेदनमा टीओबी लेखिएको कालो टी–सर्ट लगाएका र हात तथा शरीरमा टोओबी लेखिएको ट्याटु खोपका १५–२० जनाको बाइकर समूहले विद्यार्थीलाई ढालको रूपमा प्रयोग गरेको पनि बताइएको छ ।
प्रतिवेदनमा हामी नेपाली संस्थाका सुधन गुरुङले उक्त सूहको नेतृत्व गरेपछि भिड थप आक्रोशित, हिंसात्मक भएको पनि उल्लेख गरेको छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार बबरमहल, बिजुलीबजार पुलहुँदै नयाँ बानेश्वरस्थित एभरेष्ट होटलअघि आइपुगेको प्रदर्शनहरूको सख्या बढेर २०–२५ हजार जना भएको र सोही समयमा टीओबी लेखिएका कालो टी–सर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएका ट्याटु खोपेका १५–२० जनाको बाइकर ग्रुप आएर भिडलाई अघि बढ्न उत्तेजक बनाएको देखिन्छ ।
एभरेष्ट होटलअघि अन्दाजी २०–२५ हजार भिड जम्मा भइसकेपछि करिब १२ बजेको समयतिर हामी नेपाल संस्थाका सुधन गुरुङले भिडको नेतृत्व गरेको पाइन्छ ।
प्रतिवेदनमा भनिएको छ, ‘यसरी निज गुरुङले नेतृत्व लिएपश्चात प्रदर्शनशकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि पछि सुरक्षासँग मुठभेड र झडप भई हुलदंगामा परिणत भएको देखिन्छ । ’