संसदको नयाँ बैठक कक्षप्रति एमालेको टिप्पणीः सिट फिल्महल जस्तो, टेबल कक्षाकोठा जस्तो

काठमाण्डु टुडे २०८३ जेठ १३ गते १२:३५ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– प्रतिपक्षी दल एमालेले प्रतिनिधि सभाको नयाँ बैठक कक्षका सिट फिल्म हल जस्तो र टेबल कक्षाकोठाको जस्तो बनाइएको भन्दै टिप्पणी गरेको छ ।

आज (बुधबार) बसेको प्रतिनिधि सभा बैठकमा एमाले प्रमुख सचेतक ऐनसिंह महरले नयाँ संसद हलमाथि प्रश्न उठाएका हुन । एमाले सांसद महरले भने, ‘त्यो सभा हल प्रतिनिधि सभाको हल हो, त्यहाँ सांसदहरु फिल्म हेर्न आएका होइनन्, ‘ती सिटहरु फिल्महलको जस्तो बनाइएको छ ।

टेबलहरु कक्षाकोठाका जस्तो बनाइएका छन् ।’ उनले थपे, ‘त्यो सभा हल जस्तो छैन, फिल्म हल जस्तो बनाउने कोसिस गरिएको छ । त्यसलाई ध्यान पुगोस् र त्यसलाई प्रतिनिधि सभाको गरिमामय हल जस्तो बनाइयोस् ।’

उनले यस विषयमा सभामुखमार्फत् सरकारको ध्यानाकर्षण समेत गराएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us