काठमाडौं- सरकारले एकैपटक २९ जना सहसचिवको सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग, प्रदेश कार्यालय तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।
सरुवा सूचीअनुसार नारायणप्रसाद भण्डारीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, रामकुमार श्रेष्ठलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, गणेश पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश र हेमराज रेग्मीलाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरिएको छ ।
गृह मन्त्रालयमा लक्ष्मी पाण्डेय गौतम, कृष्ण पौडेल, प्रदीपकुमार कोइराला, बलराम निरौला, भूपेन्द्र थापा र डा. पुष्पराज शाहीलाई सरुवा गरिएको छ।
भूमि व्यवस्था मन्त्रालयमा योगेन्द्रप्रसाद दुलाल, सुशील ढकाल, रामकुमार महतो, बाबुराम गौतम र आरती न्यौपानेलाई पदस्थापन गरिएको छ ।
उद्योग मन्त्रालयमा युवराज अधिकारी, मोतिराम सापकोटा र बुद्धबहादुर गुरुङलाई सरुवा गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पवन कुमार तिमिल्सेना, आदिवासी जनजाति आयोगमा प्रदीपराज अधिकारी तथा कृषि मन्त्रालयमा शिवप्रसाद रेग्मीलाई जिम्मेवारी दिइएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा हेमराज तामाङ, र प्रदेश तथा स्थानीय तहका निकायहरूमा रेशमलाल कँडेल (कलैया उपमहानगरपालिका), विजयकुमार शर्मा (विराटनगर महानगरपालिका), टेकबहादुर वली (हेटौंडा उपमहानगरपालिका) र वसन्त बहादुर बोहोरा (वीरगञ्ज महानगरपालिका) लाई सरुवा गरिएको छ ।
प्रदेशतर्फ राजेश्वर ज्ञवालीलाई कोशी प्रदेश प्रमुखको कार्यालय र रोशन ज्ञवालीलाई गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।