प्रतिनिधिसभा बैठक फेरि सुरु, विपक्षीको अवरोध कायमै

काठमाण्डु टुडे २०८३ जेठ १२ गते १७:११ मा प्रकाशित

काठमाण्डू, १२ जेठ– केही बेरअघि १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक फेरि सुरु भएको छ । प्रतिनिधिसभा बैठक फेरि सुरु भएलगत्तै विपक्षी दलहरूले फेरि अवरोध गरेका छन् ।

अवरोध गरे लगत्तै सभामुख डीपी अर्यालले विपक्षीलाई बोल्न समय दिएका थिए । विपक्षीका तर्फबाट नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले धारणा राखेका छन् ।

जसमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले केहीबेरअघि बैठकमा बोलेको कुरालाई नियमापत्ति जनाएका छन् । उनले सांसद खरेलले बोलेको कुरा असंसदीय भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।

सांसद खरेलले विपक्षी दलले जनाएको विरोधलाई ‘तमासा’ भनेका थिए । त्यसविरुद्ध कांग्रेस सांसद नरेन्द्रकुमार केरुङ आक्रोशित भएका थिए ।

संसद्मा असहज स्थिति देखिएपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us