काठमाण्डू, ११ जेठ– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन । मन्त्रिपरिषद्को बैठक आज (सोमबार) दिउँसो ३ः ३० मा बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुनुका साथै विभिन्न महत्त्वपूर्ण निर्णय गरिने बताइएको छ ।