उमाशंकरले छाडे एमाले

काठमाण्डु टुडे २०८३ जेठ १० गते २१:५७ मा प्रकाशित

काठमाण्डू, १० जेठ- एमाले नेता एवम् उमाशंकर अरगरियाले पार्टी परित्याग गरेका छन् ।

अगरियाले लामो समयसम्म जिम्मेवारीबिहीन बनाइएको भन्दै आइतबारसाधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् । अगरिया गत २१ फागुनको निर्वाचनमा एमालेबाट धनुषा २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यासी थिए ।

एमाले प्रवेश गरेको लामो समय भए पनि समायोजनको काम नटुंग्याएकाले आफू पार्टीमा बस्न नसकेको उनको भनाइ छ ।

अगरिया लोकतान्त्रिक ३० भदौ २०७९ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी एमाले प्रवेश गरेका थिए ‘एमालेमा प्रवेश गरेको निकै वर्ष हुन लाग्दा पनि आजसम्म हामीसँग आएका साथीहरूको समायोजन हुन सकेको छैन । आजसम्म मसँग आएका साथीहरू कमिटीविहीन छन्’, उनले भनेका छन् ,‘पटकपटक जिल्लाको नेतृत्वबाट अपमानित हुने, लगनशील तथा इमान्दार कार्यकर्ताहरू अपहेलित हुने र पार्टीविरुद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले आजित भएको छु ।’

समस्याबारे पटकपटक केन्द्रमा जानकारी गराउँदा पनि कुनै किसिमको पहल नभएको तथा पार्टीका अधिकारिक उम्मेदवारलाई हराउनेहरूलाई दण्डित गर्नुको सट्टा पुरस्कृत गर्ने परम्परा एमालेमा रहेको आरोप उनले लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us