राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित

काठमाण्डु टुडे २०८३ जेठ ८ गते १६:५१ मा प्रकाशित

काठमाण्डू, ८ जेठ– आज (शुक्रबार) बसेको राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ पारित भएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयक पारित गर्नका लागि पेश गरेका थिए ।

मन्त्री पौडेलले पेश गरेको प्रश्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गते बुधबार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us