बिजुली गएपछि मधेश प्रदेशसभा स्थगित

काठमाण्डु टुडे २०८३ जेठ ८ गते १६:२५ मा प्रकाशित

काठमाण्डू, ८ जेठ– विद्युत् जाँदा मधेश प्रदेशसभा बैठक स्थगित गरीएको छ । मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मतको प्रस्तावमा धारणा राख्ने क्रम चलिरहेको बेला बिद्युत गएको हो ।

एमाले संसदीय दलको नेता सरोजकुमार यादवले धारना राख्ने क्रममा विजुली बत्ती कटेपछि बैठक अँध्यारो बन्न पुग्यो । माइकको लाइन कट्नुको साथै लाइभ समेत अँध्यारो देखिएको छ ।

प्रदेशसभामा रहेको जेरनेटरमा इन्धन नहुँदा संचालन भएन । बैठक कक्ष अध्यारो भएपछि सांसदहरु बाहिर निस्किन थालेपछि सभामुखले बैठक केहीबेरको लागि स्थगित गरिएको छ । अहिले जेरनेटरमा इन्धन लिएर कर्मचारी पुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us