मीन गुरुङको प्रस्तावलाई एमालेले धन्यवाद सहित फिर्ता गर्ने

काठमाण्डु टुडे २०८३ जेठ ७ गते १६:०८ मा प्रकाशित

काठमाण्डू, ७ जेठ– एमालेले व्यवसायी मीनबहादुर गुरूङले दानमा भवन दिने प्रस्तावलाई फिर्ता गर्ने भएको छ । सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने बताइएको छ ।

‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पत्ति) लाई धन्यवाद सहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गर्ने,’ एमालेको प्रस्ताव छ ।

गुरुङले दानमा दिने भनेको भवनको शिल्यान्यास ०८१ असोजमा ओली र गुरुङ दम्पतीले गरेका थिए । तर उक्त भवन निर्माण भएको थिएन । सचिवालय बैठकले अब बल्खुमै केन्द्रीय कार्यालय बनाउने प्रस्ताव अगाडि बढाएको छ ।

मदन–आश्रित दिवसको अवसर पारेर महासचिव शंकर पोखरेलले बल्खुमै कार्यालय बन्ने घोषणा गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us