काठमाण्डू, ७ जेठ– आज (बिहिबार) बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन ।
प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले बिहीबारको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बालेन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौमतलाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए ।
सो क्रममा विपक्षी दलहरूले उठेर विरोध गरेका हुन् । विपक्षी दलहरूलाई सभामुख अर्यालले समय दिएका थिए ।