प्रतिनिधिसभा बैठक जारी

काठमाण्डु टुडे २०८३ जेठ ६ गते १२:०५ मा प्रकाशित

काठमाण्डू- विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि प्रतिनिधिसभा बैठकमा आजदेखि नियमित कार्यसूचीमा प्रवेश गरेको छ ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक ०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माग्ने कार्यसूची छ ।

गौतमले आजै प्रतिनिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्नेछिन् । यस्तै मन्त्री गौतमले नै मतदाता नियमावली (पहिलो संशोधन विधेयक) ०८३ प्रस्तुत गर्न अनुमति माग्ने छिन् । उनले मतदाता नामावली (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us