२० दिन बिदा बसिन् न्यायाधीश मल्ल

काठमाण्डु टुडे २०८३ जेठ ६ गते १०:२८ मा प्रकाशित

काठमाण्डू, ६ जेठ– सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बसेकी छन । सर्वेच्चमा प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल बिदा बसेकी हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिएका छन । यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि बरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

तर संवैधानिक परिषदले आफूभन्दा जुनिएर डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि उनी असन्तुष्ट रहेका थिइन । डा. शर्माले मंगलबार संसदीय सुनुवाइको प्रक्रिया सकेर सोही दिन नै शपथ ग्रहण गरी पदभार ग्रहण गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us