मकैबारीमा भेटियो मरेको गैंडा

काठमाण्डु टुडे २०८३ जेठ १ गते १०:२५ मा प्रकाशित

काठमाण्डू, १ जेठ– नवलपुरको कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैंडा मृत अवस्थामा भेटिएको छ । स्थानीयले आज बिहान भिम बहादुर दर्जीको मकैबारीभित्र मरेको गैंडा देखेपछि प्रहरीलाई जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मकैबारीमा मरेको गैंडा रहेको सूचना स्थानीयले ८ः३० बजेतिर दिएका थिए । त्यसपछि प्रहरी, डिभिजन वन कार्यालय र इलाका वन कार्यालयको टोली सो क्षेत्रमा पुगेको थियो ।

प्रहरीका अनुसार मृत गैंडामा घाउचोट देखिएको छैन । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us