कीर्तिपुरमा गोली चल्यो

काठमाण्डु टुडे २०८३ वैशाख ३१ गते १९:४३ मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख– काठमाण्डूको कीर्तिपुरमा प्रहरीले गोली चलाएको छ ।

काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्या आरोपीलाई नियन्त्रणमा लिन बिहीबार साँझ गोली चलाएको हो ।
कार्यालयका एसएसपी सन्तोष खड्काले आरोपीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाइएको पुष्टि गरे ।

त्यस क्रममा सुजन शाही नामका युवकको खुट्टामा दुई गोली लागेको छ । शाही कीर्तपुर नगरपालिका–१० पोडेटोलमा २२ वर्षीय विपिन घिमिरेको हत्या आरोपी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us