रास्वपाका एक जना पनि सांसद नरहेको राष्ट्रिय सभाबाट कसरी पारित भयो नीति तथा कार्यक्रम ?

काठमाण्डु टुडे २०८३ वैशाख ३१ गते १९:३८ मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एक जना सांसदसमेत नरहेको राष्ट्रिय सभाबाट बिहीबार सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलमा उठेको प्रश्नको जवाफ दिएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव राखेका थिए ।

उक्त प्रस्ताव बहुमतले पारित भएको हो । कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूले नीति तथा कार्यक्रमको पक्षमा मत दिए ।

सदस्यहरूले दर्ता गराएका सबै संशोधन प्रस्ताव अस्वीकृत भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us