एनसेलको मुख्यालयमा सीआईबीले मार्याे छापा

काठमाण्डु टुडे २०८३ वैशाख ३१ गते १६:१८ मा प्रकाशित

काठमाण्डू, ३१ वैशाख– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले दूरसञ्चार सेवाप्रदायक संस्था एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा मारेको छ ।

उक्त कम्पनीमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनको सिफारिस र दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा अनुसन्धान अगाडि बढाइएको सीआईबी स्रोतले जानकारी दिएको छ ।

एनसेल गैरकानुनी रूपमा स्मार्ट टेलिकमको सामान लिलामी, त्यसअघि शेयर बाँडफाँटसम्बन्धी विवादास्पद गतिविधिका कारण अनुसन्धानको दायरामा आएको सीआईबी स्रोतले जानकारी दिएको छ ।

एन सेलले स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेस्टमेन्ट बैंकसँग मिलेर गैरकानुनी रूपमा सम्पत्ति लिलामी गरेपछि उक्त कम्पनीका अन्य विषयमाथि पनि अनुसन्धान अगाडि बढाइएको स्रोतले जनाएको छ । सीआईबी टोलीले मुख्यालयबाट केही महत्त्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us