काठमाण्डूको बल्खु क्षेत्रमा पनि चल्यो डोजर

काठमाण्डु टुडे २०८३ वैशाख १८ गते १०:१३ मा प्रकाशित

काठमाण्डू, १८ वैशाख– काठमाण्डू महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्रमा अनाधिकृत रुपले बनाइएका घर टहरामा पनि डोजर चलेको छ । काठमाण्डू महानगरपालिकाले आज बिहानदेखि डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो ।

घर टहरा भत्काउन सुरक्षाकर्मीहरु र नगरप्रहरी परिचालन गरिएको छ । डोजर चल्दै गर्दा कतिपयले आफ्ना सामान ओसारिरहेका छन् । कतिपय भने आफू बस्दै आएको घर भत्किरहेको दृष्य हेर्न विवश भएका छन् । बल्खु नजिक पर्ने काठमाण्डू महानगरपालिका वडा नम्बर ११ को वंशीघाट क्षेत्रका घर टहराहरुमा पनि आज नै डोजर चलेको छ ।

बल्खु र वंशीघाटसहित वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्र अतिक्रमण गरिएका स्थानमा डोजर चलाउने जिल्ला प्रशासन कार्यालय काठमाण्डूले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us