काठमाडौं, १७ वैशाख — नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने एलपी ग्यासको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।
नयाँ दरअनुसार अब पूर्ण सिलिण्डर ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ कायम गरिएको छ भने आधा सिलिण्डरको मूल्य १ हजार ८० रुपैयाँ तोकिएको छ।
यसअघि पूर्ण सिलिण्डर ग्यास २ हजार १० रुपैयाँ र आधा सिलिण्डर १ हजार ५ रुपैयाँमा उपलब्ध थियो।