रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाण्डु टुडे २०८३ वैशाख १७ गते १४:४४ मा प्रकाशित

काठमाण्डू, १७ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्धको मुद्दा सुनुवाइ स्थगित भएको छ ।

रवि लामिछानेका कानुन व्यवसायीले निवेदन दिएर आजको सुनुवाइ स्थगित गराएका हुन् । सर्वोच्च अदालतका न्यायाधीशहरु अव्दुल अजीज मुसलमान श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us