यो वर्षको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत

काठमाण्डु टुडे २०८३ वैशाख १५ गते १३:१९ मा प्रकाशित

काठमाण्डू, १५ वैशाख– चालु आर्थिक वर्ष २०८२–८३ मा देशको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने भएको छ । आज (मंगलबार) राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार यस आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमान रहेको छ ।

गत आर्थिक वर्षमा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर रहेर अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको थियो । कार्यालयले चालु आवका ६–८ महिनाका रियल डेटा र बाँकी चार महिनाको अनुमानका आधारमा आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us