सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक, गगन थापा पनि सहभागी

काठमाण्डु टुडे २०८३ वैशाख १४ गते १६:०४ मा प्रकाशित

काठमाण्डू, १४ वैशाख– सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ । बैठकमा सभापति गगन थापा समेत सहभागी हुन पुगेका छन् ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलोपटक सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका हुन् । बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us