काठमाण्डू, १४ वैशाख– काठमाण्डूको माइतीघर मण्डलामा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच घमासान परेको छ । भिडन्त छुट्याएर अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटना आज दिउँसो १२ बजेतिरको हो । शोभा पाठक, रस्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्वहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहेका थिए । सोही क्रममा अम्बिका दलबलसहित आएर उनीहरूमाथि झम्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यसपछि दुईजनाबीच घम्साघम्सी चलेको थियो । प्रहरीले आएर उनीहरूलाई छुट्यायो र अम्बिका लगायतका महिलालाई लिएर हिँड्यो । घटनाको थप विवरण आउन बाँकी छ ।