काठमाण्डू, २५ चैत– प्रहरीले कैलालीबाट बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय कासिम अली जागारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ ।
महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार बेलुकी नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको छ ।