काठमाण्डू, २४ चैत– आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ ।
सरकारले आफ्ना अध्यक्षमाथि प्रतिशोध साँधेको बताउँदै आजको बैठकमा एमाले सांसद गंगादेवी श्रेष्ठले तत्काल छोड्न माग गरेकी हुन् । उनले भनिन्, ‘हाम्रो पार्टी अध्यक्षज्यूलाई यो सरकारले पूर्वाग्रही ढंगले गरिएको गिरफ्तारीको विरोध गर्दै अविलम्ब रिहा गर्न माग गर्दछु ।’
चैत १९ गतेदेखि शुरु भएको संसद बैठकमा एमाले सांसदहरुले ओलीमाथि प्रतिशोध साँधिएको भन्दै निरन्तर आपत्ति जनाइरहेका छन् । प्रदेशसभा बैठकमा पनि विरोध हुने गरेको छ ।