काठमाण्डू, २४ चैत– सरकारले पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्यालाई मध्यनजर गर्दै आवश्यक परेको खण्डमा जोर बिजोर प्रणाली लागू हुने बताएको छ ।
आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ऊर्जा बचत गर्न सरकारले आह्वान गरेको जानकारी दिएकी छन ।
त्यसका लागि थोक ब्रिक्रि नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती समेत भइसकेको उनले बताइन् । ‘थोक बिक्री नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती गरिसकेको अवस्था छ ।
आवश्यक परे जोर बिजोर प्रणाली पनि यो सरकारले लागू गर्नेछ,’ मन्त्री रावलले भनिन्, ‘सरकारले जनतासँग ‘वर्क फ्रम होम’ र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गर्दछ ।’ दीर्घकालीन गाडी रुपान्तरणको कानुनी व्यवस्था अघि बढेको पनि उनले बताइन् । त्यसका लागि इथानोल नीतिमा तयारी भइरहेको सरकारको भनाइ छ ।