प्रतिनिधि सभाको अर्को बैठक मङ्गलबार बस्ने

काठमाण्डु टुडे २०८२ चैत २३ गते १५:०९ मा प्रकाशित

काठमाण्डू, २३ चैत– प्रतिनिधि सभाको अर्को बैठक भोली (मङ्गलबार) बस्ने भएको छ । सोमबारको कार्यसूचीमा छलफल सकिएपछि सभामुख डीपी अर्यालले अर्को बैठक मङ्गलवार दिउँसो १ बजे बस्ने घोषणा गरेका हुन ।

आजको बैठकले तीन वटा अध्यादेश स्वीकृत गर्नुका साथै २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । यस्तै बैठकले प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन गरेको छ । साथै पूर्व सांसद रामचन्द्र भट्टराईका निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us