प्रतिनिधिसभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

काठमाण्डु टुडे २०८२ चैत २३ गते १४:५६ मा प्रकाशित

काठमाण्डू, २३ चैत– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा उनले कार्यव्यवस्था परामर्श समिति गठन गरी सदस्यहरू मनोनीत गरेको जानकारी गराएका हुन् । सभामुख अर्यालका अनुसार समितिमा अचुतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल र कामिनी चौधरी रहेका छन । त्यस्तै, समितिमा क्रान्तिशिखा धिताल, खुस्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल र तपेश्वर यादव छन् ।

त्यस्तै देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा.राम लामा र विपिनकुमार आचार्य रहेका सभामुख अर्यालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us