काठमाण्डू, २३ चैत– कांग्रेस सांसद अर्जुननरसिंह केसीले फरक–फरक बिचारबाट प्रतिनिधित्व गरे पनि सबै सांसदहरूको साझा उदेश्य मुलुकको समृद्धि रहेको बताएका छन ।
आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद केसीले यस्तो बताएका हुन । कांग्रेस सांसद केसीले भने, ‘हामी सबै आ–आफ्नो दलप्रति प्रतिबद्ध छौं । तर, दल भन्दा राष्ट्रियता ठूलो हो ।
यसलाई कसरी संरक्षण गर्न सक्छौं । यसमा सम्पूर्ण रुपले एक हुनको निम्ति नयाँ इतिहास सुरु गर्नुपर्ने छ ।’ संसद्मा आकस्मिक समयमा समेत नाम टिपाउनुपर्ने जस्तो गलत अभ्यास बदलिनुपर्ने पनि उनले बताए ।
आकस्मिक समय सांसद्को विशेषाधिकार भएको उनले बताए । सभामुखलाई पनि उनले आफ्नो विशेषाधिकारको सही प्रयोग गर्न उनले आग्रह गरे । विगतका कतिपय गल्ति नदो¥याउने गरी काम गर्न उनले नवनिर्वाचित सभामुख अर्याललाई शुभकामना दिएका छन ।