एमाले संसदीय दलको नेता छान्न निर्वाचन, थापा र नेम्वाङ भिड्दै

काठमाण्डु टुडे २०८२ चैत १८ गते १५:३६ मा प्रकाशित

काठमाण्डू, १८ चैत– एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने पक्का भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुन लागेको हो ।

संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका छन् । निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी दिइसकेका छन् भने नेम्वाङले उम्मेदवारी दर्ताका लागि पत्र समेत लगिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us