संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाण्डु टुडे २०८२ चैत १८ गते १२:३६ मा प्रकाशित

काठमाण्डू, १८ चैत– संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो एक बजे संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बस्ने बताइएको छ ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ । सोही बैठक सञ्चालनको सन्दर्भमा महासचिव पाण्डेले बैठक बोलाएका हुन् ।

बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् । प्रतिनिधिसभाको अबको बैठकले सभामुखको निर्वाचनको प्रक्रिया अगाडि बढाउनेछ ।

यसका अलावा राजनीतिक दलहरूले चाहेको खण्डमा शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने अभ्यास छ । यसपटकको प्रतिनिधिसभामा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रमसंस्कृति र राप्रपा गरी ६ वटा दलले राष्ट्रिय मान्यतासहित प्रतिनिधित्व गरेका छन् ।

एक जना स्वतन्त्र (महावीर पुन) निर्वाचित सांसद छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us