ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाण्डु टुडे २०८२ चैत १६ गते १७:१० मा प्रकाशित

काठमाण्डू, १६ चैत– सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । ओलीकी पत्नी राधिका शाक्यले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा तत्कालीन प्रधानमन्त्रीको हैसियतले गरेको कामकारबाहीलाई लिएर उनीमाथि प्रश्न उठेको थियो । जेनजी आन्दोलनको घटना छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले ओलीलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि सोही सिफारिस भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us