रास्वपाकी समर्थकले ज्यानमार्ने धम्की दिएको भन्दै हर्कले दिए साइबर ब्युरोमा उजुरी

काठमाण्डु टुडे २०८२ चैत १६ गते १६:२६ मा प्रकाशित

काठमाण्डू, १६ चैत– श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन ।

आज (सोमबार) साम्पाङले सुनिता खड्का नामकी एक महिलाले आफूलाई धम्की दिएको भन्दै उजुरी दिएका हुन् । उनले खड्कालाई रास्वपाको समर्थक भएको उजुरीमा उल्लेख समेत उल्लेख समेत गरेका छन ।

उनले उजुरीमा उल्लेख गरेका छन, ‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरून्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us