काठमाण्डू, १६ चैत– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बँद गर्ने सूचना आफ्नो वेब साइटबाट अटाएको छ । हिजो (आइतबार) मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको थियो ।
आगामी १ वैशाखबाट लागू हुनेगरी बन्द गर्ने निर्णय गरेको थियो । तर सोमबार उक्त सूचना मन्त्रालयको वेबसाइटबाट हटाइएको छ । मन्त्रालयका अनुसार थप प्रष्टता पार्नको लागि हटाइएको हो ।
ब्रिज कोर्स हटाउने निर्णयबाट मन्त्रालय ब्याक भएको भने होइन । ‘केही विषयमा प्रष्ट पार्नु पर्ने भएकाले हो । भाषा मिलाएर फेरि अपलोड हुन्छ,’ मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने ।