पोखराको लेकसाइटबाट ८ स्पा सेन्टर सञ्चालक पक्राउ

काठमाण्डु टुडे २०८२ चैत १६ गते ९:५४ मा प्रकाशित

पोखरा, १६ चैत- पोखराको लेकसाइडबाट ८ स्पा सेन्टरका सञ्चालक पक्राउ परेका छन् ।

कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर बुढाथोकी, सोही स्थानका २४ वर्षीया जेनिशा श्रेष्ठ सुनार, २३ वर्षीया शर्मिला परियार, ४२ वर्षीय सुरेश विक, २७ वर्षीय जीवन श्रेष्ठ, ३० वर्षीया अप्रिना खातुन, ४४ वर्षीय राजु थापामगर र पोखरा–१७ का २८ वर्षीय सरोज सुनार छन् ।
पक्राउ परेकाहरुमाथि स्पाको आवरणमा यौन व्यवसाय सञ्चालन गराउने गरेको, मापदण्ड विपरीत स्पा चलाएको तथा किशोरी तथा बालिकाहरुलाई श्रममा लगाएको जस्ता आरोप लगाइएको छ ।
कास्की प्रहरीका डिएसपी हरिबहादुर बस्नेतका अनुसार स्पा सेन्टरहरुमा कार्यरत बालिकाहरुलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । उनका अनुसार पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us