काठमाण्डू, १५ चैत– पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकलाई म्याद थपका लागि जिल्ला अदालतमा ल्याइएको छ । अदालतको १४ नम्बर इजलासमा न्यायाधीश आनन्द कुमार श्रेष्ठको इजलासमा म्याद सम्बन्धी निवेन पेश हुने भएको छ ।
न्यायाधीश श्रेष्ठ जिल्ला अदालतमा आइसकेका छन् । रमेश लेखकको प्रतिरक्षा गर्ने कानुन व्यवसायीहरुले इजलासमा उपस्थिति भएर बहस गर्ने जानकारी दिएका छन ।
तर न्यायाधीश श्रेष्ठले प्रहरी र सरकारी वकिलको कार्यलयका तर्फबाट फाइल पेस नभएकाले केहीबेर पर्खन भनेका छन् । त्यसैले लेखकलाई जिल्ला अदालत काठमाण्डू रजिष्ट्रारको कार्यकक्षमा राखिएको छ । ऋदालत बाहिरपट्टी कार्यकर्ताहरुले प्रदर्शन गर्ने जानकारी पाएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी र सशस्त्र प्रहरीहरु ठूलो संख्यामा परिचालित भएका छन् ।
यसबीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पेस अदालत गर्न कठिन भएको पूर्व महान्यायाधिवक्ता रमेश बडालले बताए । बडालका अनुसार उनको स्वास्थ्य अवस्था प्रतिकूल भएकाले अदालतमा ल्याउने अवस्था छैन ।
त्यसैले भिडियो कन्फ्रेन्सिङ र भर्चुअलमा रुपमा उनलाई न्यायाधीश सामु उपस्थित गराइने छ ।