काठमाण्डू, २२ फागुन- रसुवामा काँग्रेस उम्मेदवार मोहन आचार्य विजयी भएका छन् ।
आचार्य १० हजार ६ सय ५६ मतसहित विजयी भएका हुन् । आचार्यका निकटतम प्रतिद्वन्द्वी रास्वपाका वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरेका छन् ।
आचार्य यसअघि ०७४ र ०७९ मा पनि रसुवाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।