काठमाण्डू, २२ फागुन- अछाम २ मा एमालेले सुरुआती अग्रता लिएको छ ।
७ सय २६ मतसहित एमाले उम्मेदवार यज्ञबहादुर बोगटीले सुरुवाती अग्रता लिएका हुन् । कांग्रेसका पुष्पदेवबहादुर साह ४ सय ३३ मतसहित बोगटीलाई पछ्याइरहेका छन् ।
रास्वपा उम्मेदवार भूपदेव शाह ३ सइ ५५ मतसहित तेस्रो स्थानमा छन् । शाह काठमाण्डूका पूर्वमेयर बालेन्द्र शाहका स्वकीय सचिव हुन् ।