काठमाण्डू, २२ फागुन- ललितपुर १ मा रास्वपा उम्मेदवार बुद्धरत्न महर्जनले अग्रता लिएका छन् ।
सुरुआती अग्रता लिएका कांग्रेस उम्मेदवार उदयशम्शेर राणालाई पछि पार्दै महर्जनले अग्रता लिएका हुन् ।
महर्जनले ७ हजार ७१ र राणाले ७ हजार ६४ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ७ मतको छ ।
एमाले उम्मेदवार चेतनाथ संजेल ४ हजार २० मतसहित तेश्रो स्थानमा छन् ।