बालेन ओलीभन्दा ९ हजार बढी मतले अगाडि

काठमाण्डु टुडे २०८२ फागुन २२ गते १७:४७ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ मा मतान्तर थप बढाएका छन् ।

मतगणनाको प्रारम्भमै अगाडि देखिएका बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर ९ हजार २५३ पुर्‍याएका छन् । निर्वाचन अधिकृतको कार्यालयले यसअघि सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार बालेनको मत ११ हजार ९४५ पुगेको छ ।

उनलाई ओलीले २ हजार ६९२ मतका साथ पछ्याइ रहेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ एक हजार ४७७ मतका साथ तेस्रो स्थनामा छन् ।

यहाँ नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ३५५ र नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ३३५ मत प्रप्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us